निस्तब्ध ! अध्यारै अध्यारो
यो साँघुरो गल्लि हुँदै
रात ओढेर मसँगसँगै
हराएको छ
मेरो देश !
मैले ब्युझने एउटा सुन्दर बिहानी
क्षितिजबाट निस्कनै
बिर्सिएको छ
र सधैंजसो मलाई भेट्न आउने घाम
रात ओढेरै म जस्तै
कतै बिलाएको छ
यो अन्धकार छाम्नु पर्दा
आँखा भएरै पनि
म आफुलाई अन्धो मान्न थालेको छु
थाहा छैन यो गल्लिमा भोलि
आशाको एक धर्को घाम
चुहिन्छ चुहिदैन ?
र एका बिहानै
पर म बाँचेको हिमाल
हाँस्न पाउँछु पाउँदिन ?
निरन्तर बगीरहने
नदीबाट
पानीको एउटा लहर भएर
करौडौ मनहरु छुन सक्छु सक्दिन ?
ए मलाई छोएर जाने घाम
म हराएको यो गल्लिमा
पर्खाइको निरन्तरअध्यारो प्रहर
म कहिलेसम्म बाँच्नु ?
थाहा छैन कहिलेसम्म
बाँचिरहनु यो अन्धकार भित्र
कसरी म भनौ सरोकार छैन भनेर
एउटा रहर-उज्यालो बाँच्नुको
– तेजविक्रम कार्की, चन्द्रनिगाहपुर-१, रौतहट
July 11, 2013
(स्रोत : Tej Bikram’s Notes )