आएको’थेँ धेरै दु:ख मोली परदेशमा!
रातारात चल्न थाल्यो गोली परदेशमा!
झल्को आयो गाउँ-घर आमा बाबाको!
थाहा छैन आज हो कि भोली परदेशमा !
बारूदको गन्ध सँगै श्वास लिदैछु!
खेल्दैछन है रगतको होली परदेशमा!
मेरो सप्तकोषी आज कस्तो बग्दो हो?
रगतले जम्यो सबै खोली परदेशमा!
मातृभूमि सम्झिएर आँमा भन्न नपाई!
धेरै बन्द भइसके बोली परदेशमा!
मीरा मन थापा
माईधार झापा, हाल इज़रयल
(स्रोत : Shabdahar)