आशै आशमा नै सधैँ घर्किन्छे जिन्दगी
यात्रा उहीँ, अमूर्त मै, फर्किन्छे जिन्दगी
कहिले चुप-चाप् आफै घुम्टो उठाउँछे
कहिले बिना-बादलै दर्किन्छे जिन्दगी
नखुल्दा रापमा गुम्सिनुको पीडा अहो !
खुलुँ सानै चोटले नै चर्किन्छे जिन्दगी
स्वस्थ यी चर्ममा गर्छे स्वाङ मालिसको
चोटमा सधैँ नुन-चुक् छर्किन्छे जिन्दगी
जीतमा साथ छे, अट्टहास उस्कै ठूलो
हार्नु परे लुसुक्कन तर्किन्छे जिन्दगी
*** *** ***
(स्रोत : Sandesh’s Blog)