म
चुपचाप फिर्ता भएँ
तिम्रो जिन्दगीबाट
तिम्रो बस्तिबाट
सुख र सम्पन्नताले सजिएको
तिम्रो सुन्दर दुनियाँबाट
हो,
म चुपचाप फिर्किएँ ।
तिमीले,
धेरै अपमानहरु सह्यौ
धेरै चोटहरु सह्यौ
कैंयौ घाउहरु लुकायौ
आँशु लुकायौ
दुःखेर पनि
नदुःखे झैं गर्यौ
सबै
मेरो कारणले
मात्र मेरै कारणले ।
भो अव तिमीलाई,
धेरै सताउन चाहन्न म
दुःखाउन चाहन्न म
रुवाउन चाहन्न म
त्यसैले,
चुपचाप ओझेल परें
तिम्रो जिन्दगीबाट ।
किम्बदन्ती जस्तो
हाम्रो अधुरो प्रेम कहानी
खोपेर राख्नेछु पक्कै
दर्शन ढुङ्गाहरुमा
धुपी–सल्लाका बोटहरुमा
अनि हिँउका छातीहरुमा
विन्ति !
हाम्रो यो अधुरो
प्रेम कहानी पढेर
आँशु नझार्नु तिमीले ।
तिब्वत आगन्तुक दर्लामी
साल्धारा, काभ्रे
०८–०२–२०१०
(स्रोत : Fyangkhola )