माग्दैछ एक अठोट,आफ्नै जगतले आज
भन्दैछ देश बचाऊ, हाम्रै रगतले आज
राष्ट्रको चिन्ह खुकुरी,आफ्नै गर्दनमा हेर !
थामेर राख्न सकेनौं,अन्धो मगजले आज
लिए नि कोही तर्वार ! भए नि अचानो यही
दर्बार ढल्यो छिनैमा,उस्कै हठतले आज
चिहान राख्ने यो माटो, साझा हो हामी सबैको
खसेको खाल्डो पुरेर, उठौँ सजगले आज
मनु लोहोरुङ
सितलपाटी – ६, संखुवासभा
हाल :- न्युयोर्क
(स्रोत : Manu Lohorang Rai’s Blog)