~अनुषा न्यौपाने~
मलार्इ माफ गर आमा
आउन सकिन म
तिम्रो आँसु पुछ्न
भत्किएको घर बनाउन
हो आमा
यहाँ कैयौं तिमिजस्तै आमाहरु
छोरा को पर्खाइमा छन्
म उनीहरुको आशा बन्दै छु
उठाउँदै छु भत्केका संचनाहरु
जोड्दैछु टुक्रीएका खुशीहरु
तर मलार्इ माफ गर आमा
आउन सकिन म
तिम्रो आँसु पुछ्न
भत्किएको घर बनाउन
थाह छ आमा
तिमी जस्तै आमालार्इ मैले
थिचिएको मन्दिरबाट निकालें नि
हो ठ्याक्कै तिमी जस्तै
मलार्इ धेरै आशीर्वाद दिइन
ती आमाले, तिम्ले जस्तै
तर मलार्इ माफ गर आमा
आउन सकिन म
तिम्रो आँसु पुछ्न
भत्किएको घर बनाउन
आमा, तिम्रो सानो छुनेमुने नाति
मेरो मुटुको टुक्रालाई
ख्याल गर है
सुनाइदेउ उस्लार्इ
उ जस्तै देशको खम्बालाई
बचाएको छु भनेर
उस्लार्इ पनि सहासिलो बनाउ है
तिम्ले मलार्इ बनाए जस्तै
तर मलार्इ माफ गर आमा
आउन सकिन म
तिम्रो आँसु पुछ्न
भत्किएको घर बनाउन
आमा तिम्री बुहारीलाई पनि
तिमिजस्तै सहासी र निडर बनाउ है
मैले त बोल्न समेत पाको छैन
सम्झाउ है उस्लाइ पनि
तर मलार्इ माफ गर आमा
आउन सकिन म
तिम्रो आँसु पुछ्न
भत्किएको घर बनाउन
आमा घर पछि बनाउँला
पहिला देश बनाउछु है
लडेका सपनाहरु उठाउछु है
आमा तर मलार्इ माफ गर है
संसारलाई खुशी दिन खोज्दा
तिम्रो आँसु पुछ्न सकेको छैन
देशलाई उठाउन खोज्दा
आफ्नै घर उठाउन सकेको छैन
मलार्इ माफ गर है आमा ।
(स्रोत : संगम साहित्य चौतारी)