कथा : दुःस्वप्न

~सुमन रौरभ~

निस्पष्ट अँध्यारो बगैंचामा फुलेका दुर्घन्धित काला फूलहरू, फूलहरूमा झुम्मिरहेका घीनलाग्दा पुतलीहरू । बगैंचाको बीचमा उभिएको हतास, एक्लो ऊ । भित्र डरले उसको रगत बरफजस्तै चीसो हुँदै थियो, बाहिर ऊ पसिनाले निथ्रुक्क भिजेको थियो ।

दुःस्वप्नको बीचमा ऊ झल्याँस्स ब्यूँझियो । उसको असहज ब्यूँझाईले श्रीमती पनि ब्यूँझिई, बत्ती बाली र उसको टाउको सुम्सुम्याउँदै मायालु आवाजमा सोधी-‘के भयो ?’

‘डरलाग्दो सपनामा एक्लै थिएँ…. आत्तिएँ र ब्युझिएँ । सपनामा तिमी पनि आउन .. एउटा आड हुन्छ मलाई ‘ ऊ आँखा चिम्लेको चिम्ल्यै मन्द स्वरमा बड्बडायो ।

‘उसको सपनामा म कसरी जानु कुन्नि, बेढड्ढी सोच कति धेरै आउँछ यो मान्छेमा ‘ श्रीमतीले दिक्क भएर सोची र लगत्तै उसलाई अँगालोमा बाँधेर टाउको आˆनो तातो छातीमा टास्दै मायालु स्वरमा बोली-‘हुन्छ, म पनि आउँला, आˆनो भरोसा लाग्ने ईश्वरलाई सम्भ, र निदाउ।’

ऊ फेरि निदायो र पुनः सोही अँध्यारो बगैंचामा पुग्यो, घीनलाग्दा पुतलीहरू भुन्भुनाइरहेका तिनै काला फूलहरू देख्यो । यसपालि श्रीमतीले आˆनो वाचा पूरा गरी र बगैंचामा ऊसँगै उभिन आइपुग्यो । ऊ केही बोलिरहेको थियो, श्रीमती केही बोलिरहेकी थिई । तर कुनै कुरा स्पष्ट थिएन । उसले एकाएक आफैंले बोलेको सुन्यो -‘यो बच्चा कसको हो ?’

श्रीमतीले निहुरिएर आˆनो फुलेको पेट हेरी, दुवै हत्केलाले प्रेमपूर्वक सुम्सुम्याई र गर्वका साथ बोली -‘मेरो’

‘तेरो त तेरो, तर अरू कसको ?’ उसको झगडालु स्वर झन् चर्को भयो ।

‘यो मेरो चरित्रमाथिको लान्छना हो या तिम्रो पौरुषत्वमाथिको शङ्का ?’

श्रीमती झोक्किएर कराई ।

‘मेरो पौरुषत्वलाई चुनौती दिन्छेस् ?’

‘तिमी किन उट्पट्याड्ढ कुरा गर्छौ ?’

वादविवाद बढ्दै गयो । उसले दुवै हातले च्याप्प श्रीमतीको घाँटी समात्यो । श्रीमतीले खोक्न खोजी, सकिन । श्रीमतीले ओठको देब्रे कुनाबाट र्‍याल निकाली तर उसले घाँटी अँठ्याउन छोडेन । श्रीमतीको निधारमा चिट्चिट् पसिना आयो, आँखाको पुतली फुल्दै गयो, कन्चटको नसा मोटो हुँदै गयो, उसले तैपनि छोडेन । अघिसम्म र्‍याल बगेको ठाउँबाट अब रगत बग्यो । उसले आत्तिएर हात छोड्यो । फेरि झल्याँस्स ब्यूझियो ।

उसले बत्ती बाल्यो र आधा आँखा खोलेर श्रीमतीको भुँडी हेर्‍यो, सपनाको जत्रै ठूलो थियो अझै । आँखा मिच्दै फेरि हेर्‍यो, श्रीमती सुतेको तकियाको सेतो खोल रगतलेभिजेर रातै भइसकेको थियो । अघि सपनामा डराएको ऊ अहिले विपनामा झन् डराइरहेको थियो ।

अघिसम्म उसलाई तातो माया दिने श्रीमती सम्पूर्णरूपमा चीसो भइसकेकी थिई ।

मूर्खता बिहान सबेरै जोखिमपूर्ण हाँगोको टोड्कोमा आˆना नाबाल बचेरालाई छाडेर परेवाका जोडी चारो खोज्न उडे । साविकको समयमा फर्केर आइपुग्नुपर्ने, आइपुगेनन् ।

सूर्य चम्किदै गयो, बचेराहरू आत्तिदै गए । भोक बढ्दै गयो, बचेराहरू विहृवल हुँदै गए । आकाश कालो भयो, बादल गड्गडायो, छिमेकी रूखमा चट्याङ पर्‍यो, पानी छिटा्यो । उनीहरू फर्केनन् ।

झमक्क साँझ पर्‍यो । बचेराहरू भोकले च्याँच्याँ कराउँदा कराउँदै मरणासन्न भए । तैपनि उनीहरू फर्केनन् ।

साँझको अन्तिम प्रहरमा पोथी परेवा थोरै चारो बोकेर आलसतालस हुँदै फर्किइ । हरीबतासले आधा भत्किसकेको गुँडमा इन्तु न चिन्तुको हालतमा रहेका आˆना बचेराहरूलाई सहानुभूतिपूर्वक पालैपालो स्पर्श गरी र सधैँको जस्तो बेलैमा चारो लिएर आउन नसक्नुको विवशता सुनाई-‘मान्छेहरू मूर्ख भएपछि के लाग्छ ? आफूहरू विनसित्ती लड्छन्, आतङ्क मच्चाउँछन्… अनि हामीलाई समात्छन्, थुन्छन्, फेरि छोड्छन् र ताली बजाउँदै ‘शान्ति शान्ति’ भन्दै चिच्याउँछन् । तिम्रा बाबु अझै तिनै मूर्खहरूको खोरमा छन्… सके भोलि आइपुग्लान् कि Û’

बचेराहरूले न त आमाले खुवाएको चारो निल्न सकेका थिए , नत शान्तिको कथा बुझ्न नै सकेका थिए।

झुटो कुरा मैनबत्तीको मधुरो प्रकाशको भरमा उसकी आमा साँघुरो कोठाको एउटा कुनामा पिलपिले स्टोभमा भात पकाइरहेकी थिई । कोठाको अर्को कुनामा उसको बाबु व्याट्री सकिनै लागेको सानो ट्रान्जिस्टर कानमा जोडेर लोकदोहोरी सुनिरहेको थियो ।

ऊ कहिले सधैँकी रोगी अनुहारकी आमालाई हेथ्र्यो, कहिले निधारभरि असन्तुष्टि बोकेको बाबुलाई हेथ्र्यो । कोठाभित्र उपलब्ध झिनो प्रकाशमा ऊ भ्याएसम्म आफूलाई पनि हेर्ने कोसिस गथ्र्यो र जब आफूमा ध्यान केन्दि्रत हुन्थ्यो, उसको बालबुद्धिमा एउटै प्रश्न उब्जिन्थ्यो -‘म किन गरिब छु यतिविधि ?’

धेरै बेरको अलमलपति उसले आमालाई सोधिछोड्यो -‘आमा, म किन गरिब छु ?’

आमाले ‘के तालको केटो रहेछ’ भन्ने भावले उसलाई हेरी र लामो समय सोचेर जवाफ दिई

-‘तेरा बाबु गरिब छन्, त्यसैले तेरी आमा गरिब छे । तेरा बाबुआमा गरिब छन्, त्यसैले तँ पनि गरिब छस् ।’

उसले आमाको जवाफमा मात्र चित्त बुझाएन र बाबुलाई पनि सोध्यो-‘हो वा ?’

बाबुले ट्रान्जिस्टर बन्द गर्‍यो, लामो सास तान्यो र तानेको सास सुविस्तासाथ छोड्दा आवाज आफै निस्कियो -‘हो….. ।’

‘वा धनी भए आमा पनि धनी हुन्छिन् ?’ उसले फेरि सोध्यो ।

‘आमा धनी भए म पनि धनी हुन्छु ? ‘ उसले प्रश्न थप्दै गयो ।

आमाले दिक्कलाग्दो स्वरमा सम्झाइ ‘हो वा हो, तँ चाँडै ठूलो हो, गतिलो इलम गर, धेरै पैसा कमा, तँ धनी भए हामी पनि धनी हुन्छौं ।’

‘हुम्म्… ‘ उसले धिपधिप बलिरहेको मैनबत्तीमा आँखा गाडेर धेरै बेर गरिबीको बारेमा सोचिरहृयो, हिसाब लगाइरहृयो ।

ऊ ठूलो हुँदै गयो । आमाले भनेझैँ इलम सिक्दै गयो । पैसा कमायो, श्रीमती कमायो, सन्तान कमायो, कमाउँदै गयो र टाढिँदै गयो ।

एकदिन अचानक बुढ्यौलीले गाँजिसकेका आमाबाबुलाई बजारमा भेट्यो । उसलाई आश्चर्य लाग्यो । हस्याफस्याङ गर्दै घर आयो र आˆनी श्रीमतीलाई एकै सासमा घटनाको बेलीविस्तार लगायो-‘मेरा बाबुआमा त एक नम्बरका झुटा रहेछन्, बुझिस्् । म सानो छँदा उनीहरू परिवारका एकजना गरिब भए सबै गरिब हुन्छन्, एकजना धनी भए सबैजना धनी हुन्छन् भन्थे, उनीहरू त अहिले त त्यत्तिकै गरिब रहेछन् । खै त म धनी भइसकेर पनि धनी भएका ?’

श्रीमती चाहिँ उसको आश्चर्य मेटाउनुको सट्टा आफै झन् आश्चर्य मानेर उसलाई हेरिरहेकी थिई ।

(सुमन रौरभको पराई विचार लघुकथा सङ्ग्रहबाट लिइएको एक अंश)

(स्रोत : Gorkhapatra)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.