काँडाघारी सहज लाग्थ्यो उनी साथ हुँदा
फूलबारी शुन्यै भयो आज एक्लै हुँदा ।।
बगर् बिच तृप्त थिएँ उनी साथै हुँदा
सागर बिच प्यासी भएँ आज एक्लै हुँदा
मरुभूमी राम्रो लाग्थ्यो उनी सामु हुँदा
हरियाली उजाड लाग्छ आज एक्लै हुँदा
माँया भन्ने शक्क्ति रैछ कम्जोर् भएँ आज
आँफूलाई एक्लै देख्छु लाखौं मान्छे माझ
काँडालेनी घोंच्दैनथ्यो उनी नजिक् हुँदा
फूललेनी घोँचे जस्तो आज एक्लै रुँदा
काँडाघारी सहज लाग्थ्यो उनी साथ हुँदा
फूलबारी शुन्यै भयो आज एक्लै हुँदा ।।
(स्रोत : shabdasarathi)