क्षणमा कहीं कतै अँध्यारो भान भयो ।
पलक्षण बन्द परेलीमा प्रभुको ध्यान आयो ।।
केही पल तिमीसँग म बिछोड भएँ ।
त्यसै त्यहाँ गोरेटो मोडिएको पाएँ ।।
तिमीबाट म कतै हराएँदै थिएँ ।
बिछोडको भान मलाई भएको पाएँ ।।
क्षणमा कहीँ कतै अँध्यारो भान भयो ।
पलक्षण बन्द परेलीमा प्रभुको ध्यान आयो ।।
प्रार्थना तिमी नै मेरो लागि गरिदेऊ ।
तिमी मलाई यो दुःखबाट तारिदेऊ ।।
झुक्दछ मस्तक जब उनको चरणमा ।
देख्दछु बाटो जाने प्रभुको शरणमा ।।
क्षणमा कहीँ कतै अँध्यारो भान भयो ।
पलक्षण बन्द परेलीमा प्रभुको ध्यान आयो ।।
हरपल आफैसँग म भनिरहेछु ।
थाहा छैन ईश्वर छ यहाँ कहाँ ।।
गोरेटो भाग्यको अब बद्लिदेऊ प्रभु ।
मिट्नु छ सबले एक दिन यहाँ ।।
क्षणमा कहीँ कतै अँध्यारो भान भयो ।
पलक्षण बन्द परेलीमा प्रभुको ध्यान आयो ।।
(स्रोत : रचनाकारको ‘भक्तीका भावहरु’ भजन संग्रहबाट )