हिजो
भित्री हिर्दयमा दुखेपनि कतै हाँसेर सन्चै थिएँ ।
छातीभित्र म रोकिएपनि कतै बोलेर ज्यूँदै थिएँ ।।
आफैंभित्र झरी सुकेपनि यहाँ फक्रें सँधै बाहिर ।
सोची खिन्न रह्यो सँधै हृदय यो मान्छे बिरानो छ र ।।
आज
च्यात्नैपर्छ भने म च्यात्दछु सबै मैले रचेका कथा ।
छोप्नैपर्छ भने म छोप्दछु सबै स्वप्ना टुटेका व्यथा ।।
हाँसी ओठ खुला म गर्छु जगमा हेर्यो कसैले भने ।
‘वस्ती’ खूब खुसी छ है भनिदिनु सोध्यो कसैले भने ।।
(बिराटनगर)
(स्रोत : साहित्य संग्रहालय )