गीत : पाइन घर बिदा

~प्रेम निशानी मगर~Prem Rana

परदेशीलाई हुदो रैछ खाली चोट र पीडा
चाडपर्ब आउदा पनि पाइन घर बिदा

दसैँ र तिहार आउदा याद आउने घरको
भागी आउने कुरा भईन देश पर्यो अर्को
बन्धकीको घर खेत पनि साहुले नै लिदा
परदेशीलाई हुदो रैछ खाली चोट र पीडा

थालीमा नै सुकी जादा जमरा र रातो टिका
कति रोलिन् मेरी आमा बगाउदै आसु ढिका
मनको रहर मनै भित्रै बिना अर्थ सकिदा
परदेशीलाई हुदो रैछ खाली चोट र पीडा

दुबई

(स्रोत : साहित्य संग्रहालय )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

1 Response to गीत : पाइन घर बिदा

  1. mukunda says:

    परदेशीलाइ हुने रैछ खाली चोट र पिडा ,
    चाडपर्ब आउँदा पनि पाइन घरबिदा,

    दशैं आयो तिहार आयो आयो याद घरको,
    भागी आउने कुरा भैन देशै पर्यो अर्को ,
    बन्धकीको घर खेत साहुलेनै खाँदा,
    परदेशीलै हुने रैछ खाली चोट र पिडा,

    परदेशीलाइ हुने रैछ खाली चोट र पिडा ,
    चाडपर्ब आउँदा पनि पाइन घरबिदा,

    थाली मा नै सुकी जाँदा जमरा र टिका
    कति रोलीन मेरी आमा हातै खाली हुँदा
    मनको रहर मनै भित्र तेस्सै तेस्सै सुक्दा
    परदेशीलाई हुने रैछ खाली चोट र पिडा ,

    परदेशीलाइ हुने रैछ खाली चोट र पिडा ,
    चाडपर्ब आउँदा पनि पाइन घरबिदा,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.