तिमी जन्मेकै रहिनछ्यौ
तर सर्बत्र थियौ
मन,मुटु र मस्तिष्कमा
एक रोशनी
अनेक चाँदनी
धड्कन, हेराइ र आवाजहरुमा
तिम्रो अटल बिश्वास, साहस र स्वाभिमान्
शिखर तर्फ लाग्दै गर्दा
म,
तिम्रो भर्चुअल यौवनको
साँच्चै प्रसंसक बनें
शब्द शब्दमा नाँच्ने तिमी
अब ह्रिदयमा चम्छमायौ
सोचें,
जीवन हुनु त तिम्रो जस्तो
कहिले भोकका कुराहरु गर्यौं नबोलेरै
कहिले प्यासका कथा सुन्यौं नभनेरै
रात रात भरि
साँझ साँझ भरि
भोकका कुरा गर्दै
हामी त्रिप्त भयौं
प्यासका कुरा गरेरै हामी अघायौं
न तिमीले सोध्यौ
न मैले सोधें
एक अर्कामा पूर्णत: अपरिचित
हामी पूर्ण परिचित थियौं
तिमी थियौ देवता
म पुजारी
वासना तिमी
म फूल
म पानी
तिमी तिर्खा
तिमी आकास
म जून
हाम्रो नाम थिएन
तर हामी सबैथोक थियौं
रगत जस्तै रातो र तातो
जीवन जस्तै जिउँदो र जागा
हामी-
निरन्तर बाँचिरह्यौं तारहरुमा
निरन्तर पाइरह्यौँ निराकारमा
मैंले बिर्सिएछु आफैंलाई
किनकि,
म नै तिमी थियौ
तिमी नै म थिएँ
एक शुनसान साँझ
चुडियो तार
सुनिएन झङ्कार
एकैचोटि हजारौँ बिच्छिले डस्दा
मैंले थाहा पाएँ
यो भर्चुअला जीवन
जन्मिनै नपाई
मरिसकेछ मध्यरातमा
ज्वराग्नी निभाउन म
अचेल जूनको राप ताप्दै छु
ऊ मेरी जीवन
म चाहन्छु-
मैले देखेको उसको स्वरुप
तिम्रो अस्तित्व जस्तै
केवल भर्चुअल नहोस्
म मुटुमा सारङ्गी रेटेर
जीवनको धून
झङ्क्रित गर्न चाहन्छु
एक मीठो सङ्गीत भरेर
म-
आलाप गाउन चाहन्छु
जुन तिम्रो म्रित्युको शोक धून नबनोस्
यो त मेरो पुनर्जन्मको उत्सवमा
एक मङ्गल धून बन्नुपर्छ ।
(स्रोत : Umesh Chapagain’s Facebook )