~दिपक खनाल~
नारानथान भन्ने गाउ“मा एउटी दुष्ट आइमाई बस्थी । उसको नाम कपूर्नी थियो । उछिट्टिएका दा“त, भित्र पसेका गाला र भक्कासिएको स्वरका कारण ऊ अजीव देखिन्थी । गाउ“घरका सबै मानिसहरु कपूर्नीदेखि पर–पर हुन्थे किनभने ऊ अघोरी थिई ।
मुर्दाघाटमा गएर मुर्दाको टाउको फोरी गिदी खाने सोख थियो उसको । गाउघ“रमै पनि कोही आफुलाई मन नपर्ने मान्छे भए भने साझ बिहान पाररे बाटो ढक्ुथी र त्यसलाई मार्थी अनि मध्यरातको समय पारेर गिदीको स्वाद लिन्थी । कपूर्नीस“ग कोही पनि आ“खा जुधाएर हेर्न सक्तैनथे । उ, जतिखेर पनि लप–लपाउ‘दो जिब्रो निकालेर हिंड्थी ।
उसलाई सबैले जाज्वल्य बोक्सीका रुपमा पनि चिन्थे । यसरी कपूर्नी, नारानथान भेगकै, डर र त्रासको बस्तु बन्न पुगेकी थिई । कपूनीर्क ा बाब ु र भाइ भने भलादमी र असल थिए। उनीहरु कपूर्नीलाई निकै माया गर्थे तर स्वभाव सम्झदा भने उनीहरुलाई पनि डर लाग्थ्यो । आºनी छोरी तथा दिदी त्यस्ती भएकोमा बाबु छोरालाई मर्नु भएको थियो तैपनि उनीहरुले त सुधार्न सकिन्छ कि भनी अनेकौ जान्ने धामी बिजुवा र बैद्यहरुलाई पनि देखाउन छोडेनन् । तर कपूर्नीको अवस्थामा कुनै सुधार आएन । हिउ“दको एकाबिहानै एकजना घनटाउके मगरको मृत्यु भएको थियो ।
कपूर्नीलाई कहिले रात पर्ला भन्ने भइरह्यो । रात पर्नासाथ ऊ हावाको तालमा चिहान भए ठाउ“ पुगी । गाडिएको लाश निकालेर ढुङ्गाले ठाउको फोरी । अनि गिदी चपाउन थाली । त्यही रात घनघोर पानी प¥यो, हावाहुरी पनि चल्यो । बिहान एकजुवा घाम आइसक्दा पनि कपूर्नी घर आइन । गाउ“का मान्छेहरु मुखामुख गर्न थाले । एक हप्ताजति पछि कपूर्नीको लाश पाइयो । उसको शरीरभरि कीरैकीरा परिसकेका रहेछन् । लाशको सद्गत गरेपछि ठूलो खुशीयाली मनाइयो । दूधकोशीको त्यस मोडलाई आजभोलि पनि कपूर्नीघाटका रुपमा चिनिन्छ ।
नारानथान–५, ओखलढुङ्गा, हालः काठमाडां ।
(स्रोत : Sahitya Batika)