लोक छन्द : बालोरी / बालौरी
आऊ आऊ भाई हो।
आऊ आऊ बहिनी।।
साथी भाई मिलेर ।
गरौ नयाँ थालनी।।
जात पात भनेर।
छुवा छुट गरेर।।
हित हुन्न देशको ।
आमा लाई रुवाई ।।
हामी ऐले साना छौ।
सानै काम गर्ने छौ।।
भोलि ठुलो हुनेछौ।
ठुलै काम गर्ने छौ।।
आऊ आऊ भाई हो।
आऊ आऊ बहिनी।।
साथी भाई मिलेर ।
गरौ नयाँ थालनी।।
बिक्रम श्रेष्ठ “सागर”
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )