जीर्ण ति वदनबाट
स्नेहका रहस्यमय आभा चम्काउँदै
हातका भूवाजस्ता स्पर्शले कपाल चलाएर
आफ्नै मुटुमा स्पन्दित गराउँदै मलाई
तृणजडित हाम्रो प्यारो घरमा
आफूभन्दा पहिला
मलाई नै खाना खुवाउन उद्दत रहने
मेरो वैभव
मेरा बाआमा
मसँग हुँदाहुँदै
म कसरी निर्धो र गरिब भएँ मित्र ?
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.