मेरै प्रबृत्ति आखीर थामेरै छाड्यौ !
सिर्फ म, म, म, भनेर बाचेरै छाड्यौ !
अरु नै केहि निस्कियौ आखीर तिमी
लामौ अबधि धोकामा राखेरै छाड्यौ !
भित्री कमलो अङ्गमा मायाले राखें
खेल्न भेटेको खेलौना ठानेरै छाड्यौ !
पूण्य कर्मको थालनी आगामी होला
नंया नामले चिनिन थालेरै छाड्यौ !
तिमी जर्जर भएको सिद्द भो हैन ?
पानी पिएर बेस्सरी मातेरै छाड्यौ !
मेरो मुहार दागले छोपेरै छाड्यौ !
आफ्नो चरित्र उदाङग् पारेरै छाड्यौ !
2010-05-04
(स्रोत : नेपाली गजल गुगल ग्रुप )