~प्रनिता शर्मा~
“खोई म त नया छु यो क्षेत्रमा सर के हुन्छ हुन्छ मलाई थाहा पनि छैन । प्लीज सर मलाई हेल्प गर्नु ल !” रेस्टुरेन्टको मेरो बगलको सिटमा बसेका दुईजना मध्ये सानी पातली सत्र अठार वर्षकी जस्ती देखिने केटीले साठी वर्ष पनि काटेको जस्तो बुढो तिर फर्केर भन्दै थिइ ।
“मलाई तिमीले सिकाउनु पर्दैन । म त्यस्तो मान्छे हो जस्ले धेरै लाई बनाएको छ । तिम्रो यही एक स्टेप बाट नै म तिमीलाई तिम्रो क्षेत्रको राजदुत नै बनाउन सक्छु । तर तिमीले मलाई त्यसको बदलामा के दिन्छौ ? ”
“के माग्नु हुन्छ सर ? पैसा हो भने त म सक्दिन म धनि की छोरी होइन ।”
तिल चामल भएको जँुगा मुसार्दै बुढो मानिसले भन्यो । “छि के कुरा गरेकी मेरो नजिक आएका मान्छे सित म कहिल्यै पैसाको डिमान्ड गर्दिन । पैसा माग्ने भए आज मेरो पछाडि यत्तिका मान्छे हुने थिएनन । तिमीलाई भनुला तिमी म सित हिड धरान । म व्यवस्था मिलाउछु आयोजकसित भनेर । त्यही एक दिन भेडेटार तिर जाउला तिमी र म अनि म भन्छु नी ।”
केटीले मौन स्वीकृति दिदै टाउको हल्लाइ ।
केही दिन पछाडि धरानमा के कार्यक्रममा ति बुढा मान्छे गएका रहेछन् भन्ने कुरा पत्रिका मा उनको फोटो देखेर मैले पनि थाहा पाए । त्यो समाचार आएको एक महिना सम्म मिडिया र कार्यक्रम जता ततै नि नानी देखिइन थालिन समाचारमा । कसैले नचिनेको ति केटी नेपालभरी परिचित भइन छोटै समयमा । बुढा र केटीको कुरा रेष्टुरेन्टमा मैले सुनिसकेकोले मलाइ लाग्यो –आखिर उनको क्षेत्रको एम्बेसडर बनाउन बुढाले धेरै नै पहल गरेछन् । तर त्यसको बदलामा ति बिस बर्ष पनि नपुगेकी केटीसित त्यो बुढो मानिसले के पायो होला त ……………?
(स्रोत : eNepalikhabar)