~कुमार के.सी.~
तिम्रोलागी धडकिने,धडकन उस्तै छ सानु!
जीन्दगीमा बाधा, र अडचन उस्तै छ सानु!
छाडी जादा तिमीले हरपल रुदै बाचेकोछु
मेरो दुखी सँसार अनी,गगन उस्तै छ सानु!
बिर्सन्छु भन्छु याद झनै बल्झिएर आउछ
जमाना बदलियो हेर, मेरो मन उस्तै सानु!
अझैपनी छटपटीमा कोल्टेफेर्दै रातबित्छन
तिमी बिनाको, मनको जलन उस्तै छ सानु!
एक्लैएक्लै जीन्दगीको गोरेटोमा भौतारिन्छु
अर्थहिन मेरो जीबन,र मरन उस्तै छ सानु!
कुमार के.सी.
नरपानी-5 जगत
अर्घाखाँची
(स्रोत : Gulmiaawaj )