~जीत कार्की~
संसार फेर्छु भन्दै लम्क्यो समाज हेर
बढ्दैछ चेतनाको सिङ्गो जहाज हेर
थोपा भनेर पानी सानो नठान कैल्यै
उर्लेर भेल-बाढी बग्नेछ ताज हेर
ढुङ्गा छरेर भैँमा उम्रिन्न भो अनाज
सानै भएनि बीऊ र्छर्दैछु आज हेर
निर्धक्क भै नउड्नू ढुक्कूर औ परेवा
दाऊ अनेक खेल्दै कुर्दैछ बाज हेर
पर्खाल त्यो पुरानो टेको लगाउँदै छौ
जे-जे गरेनि तिम्रो ढल्नेछ राज हेर
(स्रोत : Salambihani)