~जगत दाहाल~
धर्ति एक वास एक,मानव अनेक छन् यहाँ
जात एक भात एक,विभेद अनेक छन् यहाँ ।।
सूर्य एक ताप एक तपाइ अनेक छन् यहाँ
भनाई एक छनाई अर्को विभेद अनेक छ यहाँ ।।
पानी एक रङ्ग एक तृष्णा अनेक छन् यहाँ
चलाई एक गराइ एक विभेद अनेक छन यहाँ
हावा एक शितल एक अनेक छहारी छन् यहाँ
आशा एक सास एक विभेद अनेक छन् यहाँ ।।
चन्द्र एक प्रकाश एक अनेक किरण छन् यहाँ
अन्धकार एक व्याथा एक विभेद अनेक छन् यहाँ ।।
काम एक नाम एक अनेक कहानी छन् यहाँ
मन एक तन एक विभेद अनेक छन् यहाँ ।।
जन्म एक मृत्यू एक अनेक भोगाइ छन यहाँ
संस्कार एक संस्कृति एक विभेद अनेक छन् यहाँ ।।
भोक एक भोजन एक भोजनालय अनेक छन् यहाँ
हेराइ्र्र एक सोच एक विभेद अनेक छन् यहाँ ।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )