चोरेर एक टुक्रा घामको उज्यालो
तिमी छिरे पछि
बाँच्नेछन् कयौले जिवन
व्युझिएर एउटा विहानी बस्तिहरुमा
हिड्दा हिड्दै खिईएका बाटोहरु
कुरीरहेछन् पदचापहरु अझै
पाली मुनी पानी पर्दाको बास
चुहिएर जिवनका गीतहरु
बजिरहन्छन् उसैगरी
उसै गरी बगि रहेकै छ
बेसीमा खोला
जान्दीन अनगिन्ती लहरहरुले जिवनको किनारा
कयौ पटक छोयो
जान्दिन यो बेसीमुनी सदियौ देखि
कत्ति पानी बग्यो
खै छोएर गयो जस्तो कहिल्यै लागेन
मनका किनारहरु
नत बगाएर नै लग्यो जस्तो लाग्यो कहिल्यै
दुःखियाको जिवन
हिजोआज बुन्दुक पड्किए पछि ड्याम्म
होस हराएका जस्ता भएकाछन् मान्छेहरु
सालिक झै विना उत्सव उभिएका बस्तिहरुमा
– तेजविक्रम कार्की, चन्द्रनिगाहपुर-१, रौतहट
March 25, 2014
(स्रोत : Tej Bikram’s Notes )