~मिना थापा~
उकालीका गोरेटाहरुमा हजुरको हात समाऊँदै
शितल शान्त्त वातावरणमा प्रफुल हुँदै-रमाऊँदै
हामी अगाडी बढीरहेका थियौ, हाम्रो आफ्नै संसारमा
हामी अझै डुबिरहेका थियौ हाम्रो आफ्नै भावनाहरुमा
हामी धेरै नजिकिदै थियौ, हाम्रो चोखो मायामा
हजुर अनि म ।
झसङ्ग झस्के हेरे वर-पर एक्लो म एक्ले थिएँ
कहाँको मायाको संसार,कहाँको बिश्वासको घर
कहाँ पिरतिको कुराकानी कहाँ प्रेमको सँघार
साँच्चै हो म एक्ले थिएँ ।
त्यो त एउटा झुटो सपनी थियो
हो बिपनी होईन सपनी थियो
किन बिचैमा आयो होला ?
पल भरको लागि किन
हामीलाई एक बनायो होला ?
छुट्टै यात्रा छुट्टै लक्ष्य छुट्टा-छुट्टै संसार थियो
छुट्टै कथा छुट्टै ब्यथा कहाँ बह मिसाईदियो
आखिर त्यो त सपना थियो !
कहाँ आकाश, कहाँ धर्ती, कहाँ नदिका दुई किनारा
कस्तो मिलन, कस्को मिलन, कहाँ दुबैको जीवन साहरा
असम्भव सब असम्भव् !
आकाश र धर्तीको एकाकार्
नदिका दुई किनाराको संगम्
अनी यी दुई आत्माको मिलन् !
एक्लो म एक्ले थिएँ ।
अस्ती र हिजो मात्र होईन्
बर्षौ देखी एक्ले थिएँ ।
कहिले साथ पाएर पनि एक्लो थिएँ
कहिले साथ छुटिएर
कहिले सपनी झस्केर एक्लो थिएँ
कहिले बिपनी चस्केर
आखिर म एक्लो थिएँ ।
साँच्चिकै म एक्ले थिएँ ।
मीना
११-११-११
(स्रोत : Shabdahar )