यसपाली त तिम्रो सिउँदो भर्छु जे जे होला
सुगन्धको फूल पनि छर्छु जे जे होला
मनको चाह अधुरोथ्यो, साँच्चै अहिलेसम्म
बेहुला बनि जन्तीसँगै झर्छु जे जे होला
खुशी पाउने कति दिन बाँच्नु तड्पिएर
जूनि भरको साँचो माया गर्छु जे जे होला
भेल वाढी हुरीबतास सबै पन्छाएर
जिन्दगीको सागर अब तर्छु जे जे होला
विवशको जिन्दगीमा केहि पाइन भने
उनकै नाम जपि जपि मर्छु जे जे होला
हरि मानन्धर “विवश”
क्याक्मी, स्याङ्ग्जा, हाल इजरायल
(स्रोत : Bibash’s page )