~शैलेश आचार्य~
फूल टिपेर मायाको चढाउँदैछु मायालुलाई
गम्किन्छ सुबास अवश्य एकदिन त्यो मुटुको अन्तर भित्र
धुन बुनेर हृदयको मायाको सुनाउँदैछु मायालुलाई
बज्नेछ गीत अवश्य एकदिन त्यो मुटुको अन्तर भित्र ।
मायालाई मेरो उपहास गर्ने मायालु तिमी अबोध छौ
जल्नेछ ज्योति एकदिन त्यो मुटुको अन्तर भित्र
ढुकढुक गर्ने छातिमा तिम्रो आज अर्कै सरगम छ
बज्नेछ धुन अवश्य एकदिन त्यो मुटुको अन्तर भित्र ।
रित्ता छन तिम्रा सपना सारा आँखामा पर्दा लागेका छन्
भर्नेछ रङ्ग अवश्य एकदिन त्यो मुटुको अन्तर भित्र ।
शब्द : शैलेश आचार्य
सङ्गीत : भुपेन्द्र रायामाझी
स्वर : बच्चु कैलाश
चलचित्र : मनकामना