कसरी भन्नु तिमिबाट, टाढीदैछु म ।
एउटै मुटू टुक्रा पारी वाँडीदैछु म ।
चाहनाले हुन्न रैछ, विवशतामा परेपछी
वाध्यताले आफ्नै मुटूबाट, छाडीदैछु म ।
कसरी म जिउछु होला, विच बाटोमा लडेपछी
हिड्दा हिड्दै दलदलमा गाडिदैछु म ।
जित्छु भन्थे सन्सारलाई हर घडि हर पला
आफुस“ग आफै आज, हारिदैछु म ।
एउटै मुटू उनको र मेरो, चल्छ भन्थे साथसाथ
घात दिई उनिलाई, फाटिदैछु म ।
सोल्मा, तेह्रथुम
(स्रोत : ‘विकसन’ साहित्यिक पत्रिका )