~सुजता ढुंगेल~
शिरैमा आमाको आशिष
आँखैमा प्रिया को झलक
कर्तब्य मोहित एक सिपाही
फर्की आउने बाचा राखी
सर्दै अघि युद्ध भूमीमा
खेल्दै, छेल्दै बारुदे धुंवा
आत्मास्वाभिमान राख्दा राख्दै
ढलिगए रे बङ्लंग त्यतै
मृत्यु पश्तात जन्म लिने
तिमी बन्यौ शहीद
अरु मरे हराउने
तिमी मरी पलाउने
भौतिकतामा बिलिन भइ
भावनामा बसिरहने
छाती माथी गोली थापी
राष्ट्रलाई बचाउने
निभेको यो दियो आज
पुन तिम्रै नाममा बल्ने
(आज बिलाई गए पनि
इतिहासमा अमर रहने)२
December 31, 2008
(Source : International All Nepali Writers Society)