देवका देव महादेव,
अन्तरयामी त्रिभुवन स्वामी,
देवका देव महादेव ।।।
कालकूट विष लिई गलामा,
डमरु त्रिशूल लिई दुई हातमा,
नील शङ्कर रुप भयङ्कर ।
देवका देव महादेव ।।।
देवका देव महादेव,
अन्तरयामी त्रिभुवन स्वामी,
देवका देव महादेव ।।।
गङ्गा शिर मुकुटसरि धारी,
विष भाङ धतुरो फलाहारी ।
नागमाला गहनासरि धारी,
भस्म लेपन रुप विहारी ।।
देवका देव महादेव ।।।
अन्तरयामी त्रिभुवन स्वामी,
देवका देव महादेव ।।।
(स्रोत : रचनाकारको ‘भक्तीका भावहरु’ भजन संग्रहबाट )