पुरानो त्यो बेथा फेरि बल्झायो र दुखेँ
शकुनीको चाल उसले रचायो र दुखेँ ||
चोट के हो बुझेको थें व्यथा झनै भोगें
आँखा बाट नदि बग्यो सम्हालेर रोकें
आजै ठुलो बिपत्तिले झुक्कायो र दुखें
सकुनिको जाल फेरी रचायो र दुखें ||
पुरानो त्यो बेथा फेरि बल्झायो र दुखेँ
शकुनीको चाल उसले रचायो र दुखेँ ||
अमिट भो रहर मेरो उडी चन्द्र छुने
दिन हो नंग्रा खियाउने रात एक्लै रुने
मस्त थिएँ चिर निद्रामा ब्युझायो र दुखें
सकुनिको जाल फेरी रचायो र दुखें ||
पुरानो त्यो बेथा फेरि बल्झायो र दुखेँ
शकुनीको चाल उसले रचायो र दुखेँ ||
नरेश रोकाहा – ०७/१४/०१२ . यु ए ई
(स्रोत : Naresh Rokaha’s Blog )