~भीमसेन सापकोटा~
डाँफे रोयो , गुराँस रोयो , रोई राछ , हिमाल।
पाइला तिमीले, मेटी हिँड्दा दुःखिरा छ नेपाल । ।
बाटाहरू पैताला लाई, आँगन फर्काइ देउन ।
देउराली र चौतारीको , दुःख सुनाइ देउन ।।
तिमी रम्ने, शहरमा , बुद्द छन् की, छैनन् !
दौरा, टोपी, चोलीहरूको, इज्जत, छ कि,छैन।
बाटाहरू हराएनि, तिमी नहराउनु ।
चङ्गा आकाश पुगे पनि, लट्टाई नछुटाउनु ।।
तिमी डुल्ने, बन पाखा ,पर्खिरा छन् अझै।
मादलु र वाँसुरिले, नेपाल गाउँछन अझै ।।
डाँफे रोयो, गुराँस रोयो, रोई राछ , हिमाल।
भीमसेन सापकोटा । हाल अस्ट्रेलिया।
(स्रोत : Nepalpati)