निर्मम भएपनि प्यारा छन् यादहरु
उहि सपना गुमाएर
उहि विपना भुलाएर
फोका न हुन पानीका फुटे के भो ?
झोक्का न हुन हावाका झुके के भो ?
सम्झनलाई न पानी चाहिन्छ
न हावानै चाहिन्छ
फगत मुटु हुनुपर्छ प्यार मिसिएको
आँस्था हुनुपर्छ भावना गासिएको
हे हिमालका गित खोज्नेहरु
जीवनको गीत गाँउने होकी ?
दुख्नलाई दुख हुनु पर्छ
भोक ,आशु हुनु पर्छ
श्रद्धाञ्जलीमा गोहि आशु वगाउनेहरु
आस्थाका धिरमिर धिरमिर अक्षर अघि
जीवनको पाठ पठाउछन्
जीउन त मलाई नि आउछ
नत्र अस्ति मरिसक्थे
तस्विर बोल्छ आफै रत छातिमा टाँस्न मन लाग्छ
प्रिय सम्झनाका बाक्ला उपस्थितीहरु
औला चलाउछन् आँखाको डिलमा
कुचि चलाउछन् मनको आगनमा
आकास खुम्चिदै जान्छ
याद तन्किदै जान्छ
आजभोली जुन हेर्दा पनी हेर्दिन
आफ्नै जुन म भन्दा धेरै टाढा छ ।
विगत मगमगाउछन लामपाते याद वनेर
वर्तमान लजाउछ आँखाका डिल चुमेर
जो मेरो हुन सकेन
उसको नि म भईन
त्यहिभएर होला
गडतिरमा दगुरीरहेको सपना देख्छु
दुई किनारा भएर सास पिउनु को नियती
खोला को पानी झै आशुमा वगिरहेछ ।
् मुस्काउन नसकेको विहान
फाट्न नसकेको अध्यारो
फक्रिन नसकेको मन
भारिले थिचिएको टाउको
सोध्दा सोध्दै अलमलिएको भविष्य वनेर
सुनाई रहेछ जुनकिरीको गीत ।
(स्रोत : Rajbanskota.wordpress.com)