~कृष्ण दुवाडी~
ए आमा
प्रकृतीले नेपाल र नेपालीको कुभलो ?
यो के सुन्दैछु म ।
यो हुनै सक्दैन ।
आत्मा परमात्मा र प्रकृति सबै निर्दोश छन ।
परिवर्तन संसारको नियम हो ।
भईरहन्छ ।
बगेन भने लेउ लाग्छ ।
चलेन भने रोग लाग्छ ।
यति बेला शोक हटाउनु छ
दिमाग चलाएर रोएर हुदैन ।
भुई चलेको छ यतिखेर
जगतको भलो गर्नु छ उसलाई
जमिनलाई स्वास्थ्य बनाउनु छ ।
फेरि नयां बनाउनु छ ।
बलियो बनाउनु छ ।
ठुलो क्षति टरेको छ ।
सानो क्षति व्यहोर्नु धैर्यले
जति क्षति भयो ।
बांकि लाई बचाउनु बुद्धिमानी हुन्छ ।
जन्मनेहरु नै मर्दछन ।
नजन्मने कहां मर्छन र
आज हाम्रा मरे भोली हामी मर्छौ ।
यो पनि त सन्तानको पालना नै हो ।
बुझ्नु पर्छ सबैले ।
नयां पिढीले हेरी रहेका छन् ।
विपत्तिमा आत्तिने पाठ सिक्न नपरोस् ।
कायर ईतिहास नबनोस् ।
घाउ चोट घायल हुनेहरु
एक्लो हुनेहरु
मर्नु भन्दा बहुलाउन निको
अस्ट्रेलियन निकको पनि त
न २ हात थियो न २ खुट्टा ।
फेरी पनि सपाङगले भन्दा धेरै गरेर देखाए ।
जीवन त पाइएको छ नि ।
धैर्यसाहस र शक्तिको पाठ सिकाउनु पर्छ ।
रोए दुस्मन बलियो हुनेछ ।
परिवार कमजोर
जीत होइन हार हुनेछ ।
विपत्तिलाई सम्पत्ति
शोकलाई शत्तिमा बदल्ने साहसले
तब नयां नेपाल बन्छ ।
नयां जीवन
अनि नेपालको अर्को जीत हुन्छ ।
विपत्तिमा त थाहा हुन्छ को कत्तिको महान रहिछ ।
सुखमा त सबै हास्छन् दुखमा हांस्ने पो महान हुन्छ ।
ए आमा
विपत्तिको सामना हांसेर गर्छ नेपाली
सुनाइदेऊ संसारलाई ….।
ढोला ३ धादिङ्ग
हाल कार्यरत सैनिक जंगी अड्डा
२०७२/०१/३०
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )