डुवाएँ जिन्दगी केवल गजलमा
रुवाएँ जिन्दगी केवल गजलमा
छुटे साथी टुटे यात्रा नरोकिएरै मैले
गुडाएँ जिन्दगी केवल गजलमा
टुक्रा टुक्रा खुशीहरु समेटेर आज
जुटाएँ जिन्दगी केवल गजलमा
हारेर तिमी सँग बाँकी जो थियो
लुटाएँ जिन्दगी केवल गजलमा
तिमीले दिएका जहरप्याला पिउँदै
मेटाएँ जिन्दगी केवल गजलमा
चितवन
lz_welcome077@yahoo.com
(स्रोत : Anukul Prakash’s Blog)

