जहाँ गएँ त्यहाँ उनी, ‘नभेटिएर’ फर्किएँ।
म प्यास चित्तभित्रको, ‘नमेटिएर’ फर्किएँ।।
म गीत गुन्गुनाउँदै पुगें समीपमा जसै
सितार-तार धूनमा ‘नरेटिएर’ फर्किएँ।।
लिएर दीप प्रेमको पुगें म आँगनीनिर
उठेर गाउँ नै सबै ‘लखेटिएर’ फर्किंएँ।।
लिएर आशका घडा खडा थिएँ ईनारमा
निराशको बतासले ’घचेटिएर’ फर्किएँ ।।
उनी थिइन् शशीकला म कृष्णपक्षको निशा
वियोगकै प्रवाहमा ‘समेटिएर’ फर्किएँ।।
(छन्द:- पञ्चचामर)
(स्रोत : रचनाकारको फसबुकबाट सभार )