मेरी आमा तिमि भन्दा राम्रि हुनुहुन्छ
तर उहालाई तिम्रो जस्तो सिगारिने फुर्सद छैन
उहालाई रमितेमा घाँस काट्न जानु छ
चुलो रङगाउनु छ
अनि बेला बेला मलाई सम्झिएर बिरत्तिनु छ
तिमि जस्तो मेरी आमालाई फुर्सद छैन
दिन भर काममा जानु छ
भकारो सोर्नु छ
खोले पानि गर्नु छ
डिकि जाँतो गुर्न छ
ब्यस्तता तमोर बगेजस्तै छ ।
मेरी दुखि आमा
प्रत्येक साझ विहान अगेनोको रापमा जल्नु हुन्छ
सिस्नुको झ्याङ्,सिमेसागको झ्याङ्मा पुग्नु छ
तिमि संसारको जालो भित्र फस्तै गर्दा
मेरी आमा क ख नपढेरै मलाई ज्ञान दिनु हुन्छ
मेरो आमालाई तिम्रो आमाको जस्तो साडि चाहिदैन
मेरो आमा आफै सुन्दर हुनुहुन्छ श्रृगारका कुनै रङ्ग छुनु पर्दैन
सिरियलको सस्तो नौटङकीमा हराउने फुर्सद छैन
उहालाई बरु देशको चिन्ता छ ।
तिम्रो प्रेमिल सम्बन्धको आग्रह
म स्विकार्न सकिरहेको छैन सुन्दरी
हजरबाले धोका दिनु हुन्न भन्नु भा छ
त्यसैले …..
तिम्रो संसार मेरो संसारमा सुहाउन
म सानो मान्छे
मेरो घरको रातो माटो र कमेरो पोत्न
तिमिलाई आउन्न
माटो छुनै घिन लाग्छ तिमिलाई
हाम्रो सर्वस्व माटो हो
सिर्जना माटो हो
भक्कारो सोर्न घिन लाग्छ
जुन मेरो संसारमा अनिवार्य छ ।
तितुम्बाको खर
चेम्जुङगाँउको घाँस
सिमलबोटेको दाउरा
बरबोटेको धान
ओ सुन्दरी ,
तिम्रो सयलताको जिन्दगीले बोक्न सक्तैन
मेरी आमाले प्रत्येक दिन गाँउने आवाज
तिम्रो ओठले गाँउन सक्तैन
छ घन्टे निन्द्रा तिम्रा आँखाले थेग्न सक्तैन
फेसबुक छैन याहो छैन
न युवट्यावनै छ
छ त सानो रेडियो ,कोदालो र हँिसया
साझ र बिहानको छकका निम्ति
मेरा बा, आमा ,दिदि
दिन रात नछुट्याई
जाडो गर्मि सामना गर्दै
पशिना चुहाइरहेछन्
तिम्रो सयलता भित्र
तिम्रो जिन्दगीको परिभाषा भित्र यो पर्दैन
र पर्दैन घाँस ,दाउरा र गोठ
तोरी ,फापर र अलैचि
मकैको भात ,ढिडो र रोटि
मिठो लाथ्दैन तिमिलाई
सस्ता होम पाटि हुदैनन्
नहुन्छन बर्ड डेहरु
मदिरा पूर्ण प्रतिबन्ध छ मेरो घरमा
दाउराको धुवाले मैलिएको घरमा
तिमिलाई निन्द्रा लाग्दैन जुन मेरो हो
जु अनिवार्य हो
र प्यारो पनि ।
डिलको खरुकी संग गित गाउन सक्तिनौ
र सक्तिनौ पचास बर्षे मेरी आमाको जस्तो मेहेनत गर्न
धुवाले कालै बनेको भाडाम सक्तिनौ खरानि रगट्न
तिम्रो सहर मेरो लागि विरानो
मेरो पुन्य भुमि तिम्रो लागि तिरस्कृत
ओ ब्युट्रि कन्टेक्सट कि नायिक
तिम्रो माया बस माया मात्र ।
तिमि धुलोमा टेक्न धिनाउने
पचासौ बर्षकी मेरी आमाले पचिसौँ बर्ष पनि चप्पल लगाइनन्
बुबाले पुसमा हापपेन्ट लगाएर आलु भिजाईरहनु भयो
तिम्रो घरमा मैले टेक्दा धुलो लाग्छ
मेरो घरमा सपनामा पनि धुलो झर्छ
विपनामा पनि
मत धुलोको मान्छे
यो सहरले हेपेजस्तै
तिम्रो सहरले हेपेजस्तै ।
मेरी दिदि मिर्मीरेमा धारा पुग्नु हुन्छ
मेला पातमा सुरीलो स्वरमा भाका गुञ्जाउनु हुन्छ
सुतिको कुर्ता सुरुवाल लगाएर
न तिमिलाई जस्तो उत्सव हुन्छ उसलाई
न डेटिङको तानाबाना
उसलाई मेलापातनै प्यारो छ
चौतारी र भञ्जाङ्ग
लालि गुणास र लालुपाते
फापर र कोदोनै प्यारो छ
प्यारी दिदिको म प्यारो भाई
अरु तिमि आफै बुझ ।
धुलोमा गुच्चा खेल्ने मेरो भाईले
जान्दैन काटुन र ब्रिजग्याम
कम्प्युटर र माउस
ठाँउ ठाँउमा टालेको हापपेन्ट र सट लगाएर
नाङ्गा खुट्टाले
जाउलो र गुन्द्रुकले
इमान्दारीता सिक्दैछ
मैले पनि त्यसरीनै सिके
स्वार्थताको चरमता जानिन
शोषणको सरगम सिकिन
बुझिन अराजकताको नौटङ्की
रत पिडित छु तिम्रो सहरमा
मेरो सोझाइपन मा तिम्रो जिवन अडिन्न
आलि र भित्तामा तिम्रो हात गाडिन्न
पराल र नलमा तिम्रो हात रेटिन्न
उकाली ओरालिमा तिम्रो खुट्टा चल्दैन
बन्दैन अलैचिको फेद
उम्रिदैन काक्रो र भट्मासका झ्याङ
मेरो लागि यि अनिवार्य छ
त्यसैले ब्यस्त सडककी ब्यस्त सुन्दरी
तिम्रो र मेरो प्रेम सम्भव छैन ।
(स्रोत : Rajbanskota.wordpress.com)