~श्याम लामा~
अती हिम्स्रक बाघ पनि हुनु नराम्रो
कुहिरो भित्र काग पनि हुनु नराम्रो
हिंड्ने बाटो पुग्ने लक्ष्य निस्चित छैन
सबलाई पिर्ने नाग पनि हुनु नराम्रो
म छोडि हामी मात्र बोल्न जाने हुने कत्ती
बहुमुल्य खाग पनि हुनु नराम्रो
पाइला सँगै बाटो एकै हुन्न कहिल्यै यहाँ
नबुझ्नेलाई राग पनि हुनु नराम्रो
समयमै नभएको कर्म के काम
छिप्पिएको साग पनि हुनु नराम्रो
श्याम लामा (घ्लान)
माझुवा,सिन्धुली
हाल: दोहा,कतार
2010-06-02
(स्रोत : नेपाली गजल गुगल ग्रुप )