फूल नफुल्नुमा,कस्को थियो दोष – हर एक गाली,मालिले सहन्छ
लेखिएका पाना,सजिएला कतै – जस्ले जे जे लेख्छ,खालिले सहन्छ
कहाँ दुख्छ खोइ,भन्दै काट्छ खुकुरी – छालपनी रेट्छ, किनाराको शिर
पार भइ सयौं,गन्तब्यमा पुगे – थिचाइको मार,आलिले सहन्छ
बाठो थियो हली ,आँटिलो र सुरो – पराइको खेतमा,उज्जनी बढायो
हकदार हली ,दुबै खुशिछन् – फलको त्यो भार,डालिले सहन्छ
उचा निचा देख्ने,भाब रै’छ ठुलो – हजार मै’लो बोक्ने,गंगा कहलिन्
उसै बाट सबै,धाम सफा भो – तिरस्कार फेरि,नालिले सहन्छ
कती कामुक छन्,बदन नारिका – मोहित को छैन्,नारी रुप देखी
यस्तो गर्छअसर,लर्बरिन्छ कद – बालक होसा या त,ज्ञानिले सहन्छ
(स्रोत : Shabdahar )