~ओम अज्ञानी~
‘उडि छुनु चन्द्र एक’ उदेश्य त यहि भयो,
ट्रायलमै जन्मदिन बिहानै आयो र गयो !
पोहोर जस्तै प्रगतिको सुभकामना आयो,
हेर्दा हेर्दै बाला उमेर दुई बीस पो लायो !
म आइज केही गरेर देखाउछु भन्छु,
धन केही गरेर देखाउ अनि आउछु भन्छ !
जिन्दगी, चल्ला पहिला कि अन्डा भने जस्तो,
अमूल्य भन्छन कोहि तर मेरो किन सस्तो !
यो त आफ्नै जन्मदिन हो रित्तो टरेर के भो,
भोलि श्रीमती र छोराछोरीको पो त चिन्ता भो !
सयौ रहेछन चिन्तक मेरा,मलाइ आफ्ना ठान्नेहरु,
आज जस्तै खल्लो पार्न यो जन्मदिन नआ बरु!
मिल्छ भने अब फेरि यो जन्म दिन न आ बरु!!
धन्यबाद ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )