अध्यारामा थियो जीवन,तिमी मेरो जून पाएँ
दैव संयोग जीवन भरी,तिम्रै रानी हुँन पाएँ
गौरब गर्छु साथ पाई,सफल भएँ गन्तव्यमा
अन्योल हटाई साथै हिड्ने,मेरो निम्ति गुन पाएँ
अव्यक्त भै गुम्सिएका,मन भित्रका चाहहरु
समीपमा तिमी भेट्टाई,सारा ब्यथा धुन पाएँ
दुनियाँले नानाभाती,कुरा काटे पनि अब
तिम्रा सामु मनका दु:ख,फुकाएर रुन पाएँ
संसार नै सुन्य लाग्थ्यो,निराश थियो दिन पनि
जिउँदो लास भएकी’थे,तर जीवन पून: पाएँ
प्रेम लहरा फैलिएथ्यो,आपसमा झाँगिएर
प्रेम रक्षक हामी बीच,तिमी मेरो सून पाएँ
(स्रोत : Shabdahar )