~कुमार के.सी.~
आमा भन्नुहुन्छ बाबु,खाएजस्तो लाग्दैन मलाई!
तिमीबिनाको चाडपर्ब,आएजस्तो लाग्दैन मलाई!
बिरानो यो मुलुकमा भक्कानिएर रुन्छु हरपल
सम्पती र पैसालेकेही,पाएजस्तो लाग्दैन मलाई!
मन दुखाउदै बैनी भन्छिन दादा हजुर बिना त
तीजतीहारमा माईती, धाएजस्तो लाग्दैन मलाई!
मेरो काले फर्कि आउ कति कुरौ सानु भन्छिन
तिमीबिना मनमाखुसी,छाएजस्तो लाग्दैन मलाई!
सानो खुसीमा रमाउने म किन बिघ्न मन दुख्छ
जीन्दगीमा धेरै खुसी,चाहेजस्तो लाग्दैन मलाई!
कुमार के.सी.
नरपानी-5 जगत
अर्घाखाँची
(स्रोत : Gulmiaawaj )