जाँदै छु म फेरि आउने छैन ।
सुनिदेऊ बेलिबिस्तार,
मेरो कोही छैन ।।
घडीको पला म गनिरहेछु
मुटुको ढुकढुकी छामिरहेछु ।।
अन्तिम हो आज जीवनको सास,
नकहलिऊँ म बेवारिसे लास ।।
जाँदै छु म फेरि आउने छैन ।
सुनिदेऊ बेलिबिस्तार,
मेरो कोही छैन ।।
मधुर कण्ठ म हराइरहेछु,
व्यथाले आफै पिल्सिरहेछु ।।
सास रहे आश भनी बाँचिरहेछु,
कथा बनाई सुनाउन चाहिरहेछु ।।
जाँदै छु म फेरि आउने छैन ।
सुनिदेऊ बेलिबिस्तार,
मेरो कोही छैन ।।
(स्रोत : रचनाकारको ‘भक्तीका भावहरु’ भजन संग्रहबाट )