~ओम अज्ञानी~
अस्ति, बालिका ‘अपहरण’ भाथ्यो,
हिजो सामुहिक ‘बलत्कार’ भएछ,
आज मिर्मिरेमै निर्मम ‘हत्या’ भो रे,
भोलि, अपराधी ‘फरार’ हैन, हत्कडीको शीर्षक बनाउ ।
अस्ति, सम्सदमा बिपक्षिको ‘बिरोध’ भो,
हिजो देशै ‘बन्द’को ‘आन्दोलन’ भएछ ,
आज सरकारसित रिसोर्ट्मा ‘बार्ता’ छ रे,
भोलि, ‘बिना निष्कर्ष’ हैन, सहमतिको शीर्षक बनाउ ।
अस्ति, ‘घोटाला’ प्रकरणको हल्ला चल्यो,
हिजो बहालवाला ‘भष्टाचार’मा मुछिएछ,
आजै सम्युक्त ‘छानवीन’ समिती बन्दै छ रे,
भोलि,उदेकि ‘प्रतिबेदन’ होइन, यथार्थको शीर्षक बनाउ ।
अस्ति, दिउसै ‘चोरी निकासी’|गरेछन,
हिजो नघट्नेगरि ‘महङ्गी’ घोषणा भएछ,
आज जनता ‘अभाब’मा पिल्सिदै छन रे,
भोलि,कोरा’आस्वासन’ हैन ‘राहत’ पाएको शीर्षक बनाउ ।
अस्ति, मन्त्रीको ‘बिदेस भर्मण’ भयो,
हिजो शिक्षित र कलाकर्मी ‘पलायन’ भएछन,
आजभोलि ‘श्रम’ बिक्री, फ्री भिजा भो रे,
अब,’रेड्बक्स’ हैन ‘रेमिट्यान्स’ भित्रीएको शीर्षक बनाउ ।
धन्यबाद
{ओम अज्ञानी : अलु-नासा, कतार}
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )