~नेत्र ज्योति~
बुढेसकालमा प्रेमकुमार र प्रेमकुमारीलाई ब्लड प्रेसर हाई र सुगर हाईले सताउनु सतायो । प्रेमकुमारलाई पहिलो र प्रेमकुमारीलाई दोस्रो समस्याले अठ्याएको छ । जोइपोइको यो समस्याले खुब अस्पताल घुमायो । मेडिकल बिल तिरायो । तर ओखती छोड्नसाथ रोगले उसै गरि कठालो समातिहाल्थे ।
सहरमा आफै व्यायम गर्दै रोग तह लगाउने उपाय प्रचलनमा आएको छ । रेडियो टिभी पत्रपत्रिकामा पनि व्यायामले हुने फाइदाबारे प्रशस्तै कोलम ओगट्छ । जोइपोइ मर्निङ वाक जान थाले ।
एकबिहान दौडिरहेकै बेला मानिसहरु जोडजोडले रुइरहेको आवाज आयो । दुबै आवाजतिरै लागे । घरभित्रबाट आवाज आइरहेको थियो । प्रेमकुमारले ढोका खोले । यसो हेरेको ती मानिसहरु एक्कासी हाँस्न थाले । किन हाँसे प्रेमकुमारलाई शंका लाग्यो कतै आफ्नो जिपर त खुला छैन । वाकमा निस्कदाँ त उनले ट्रयाक पो लगाएको थियो ।
पक्कै यी मानिसहरु पागल हुन सक्छन् । उनीहरु बहिर निस्केर वरिपरी हेर्न थाले । ती मानिस फेरि रुन थाले । प्रेमकुमारलाई अब पक्का भयो यिनीहरु पागलै हुन । ‘हामी त मार्निङ वाक गर्दै पागलपुरमा पो आइपुगेछौ बुढी,’ प्रेमकुमारले प्रेमकुमारीलाई सुनायो ।
(तिनीहरू योग गृहमा पुगेका रहेछन |)
(स्रोत : Paniphoto.com)