~सुनिता राई सुब्बा~
बर्षौं भैसक्यो देशलाई निमोनिया भएको
मृत्यु घोषित सैयामा कहिले पुर्याउछौं ?
(सुन ए असफल अस्थिपन्जर हो !)२
तिमीहरुले नै असफल बनाएको
देशको मृत्यु अब कुनैपनि बेला हुनेछ
चेतनाहरु जगाई राख, तिमीहरुकै
(सग्ला)२ करङ्ग बालि दहन हुनेछ
अनि ती अपवित्र माँसपिण्ड लुक्षेर
छिमेक तिर भाग बण्डालगाइनेछ
जस्ले तिमीहरुलाई सुझाबको पाल्किमा
स्वार्थको फूल उनि सजाएर पठाएका थिए !
सायद तिमीहरुलाई स्मरण नहोला
कतिऔं पटक देशको हत्या गरेउ !?!
सगरमाथा साक्षी राखी बलात्कार गरेउ !
मेची, महाकाली दुखाएर हस्ताक्षर गरेउ
न्ययाघर नाङ्गो बनाइ निशाफ गरेउ
यति ठुलो कर्तब्य गर्ने दुस्साहसको
प्रसंसा र पुरस्कार तिमीहरुले पाउनु पर्छ !
यसैले,(अब यहाँ रामको होइन रावणको जन्म हुनु पर्छ)२
(ब्युँताएर अन्यायको पराकाष्ट न्याय जलाउनु पर्छ)२
किनकी यहाँ न्यायको खोस्टा भित्र अन्यया आसीनछ
(रामको नाम जपेर रावण हुन्छन भने बरु रावणकै जन्म होस्)२
र, यहि , रावणले राख पारोस अत्याचारका चिताहरु…
हेक्का छैन कति बगाए अभिमानीहरुले
निरिह बनाइ अभिमन्यु जस्ताका रगत
सुन बगाए हुन्छ अझै, केहि घडी शेष छन्
अब नहुनु युधिष्ठिर, आदर्श पोखाएर
उद्घोष हुँदैछ तिम्रो महाभारत अन्त्यको
बरु गन्दै गर तिम्रा जङ्गहरु अपराजितका…
कतिऔं पटक नंग्यायौ द्रौपतिहरु …?
कतिऔं पटक अपहरण गर्यौं सीताहरू…?
कतिऔं पटक पियौं पापका पीपहरु…?
यस्तै अनगिन्ति चित्कारहरु गन्दै गर ..
किनकी अब समय कम्तिछ देश मृत्युको ,
बर्षौं देखि निक्कै बिसन्चो छिन् उनि
तिम्रो बिदेशी ओखतिले झनै सिकिस्त छिन् !
च्वाक च्वाक, , , गर्दै कठै नभन भुलेर पनि
किनकी यस्तो सुहाउँदैन तिमीलाई बिल्कुल . .
वस तयार होउ, घृणाको आगोमा जल्न !
त्यसपछि, म,
खुशीको शिखा बालि
नयाँ देशको नक्सा कोर्नेछु
जहाँ भाइ भाइ लड्ने
जंगको मैदान हुने छैन
अत्याचारको आगो लगाई
नारीलाइ ज्युँदै जलाइने छैन
छ बर्षीय बच्चीको दिउँसै
बलात्कार हुने छैन , अनि ,
तेरो र मेरो होइन हाम्रो
वस हाम्रो शान्तिको आँगन हुनेछ
सदभाव र एकताको आवाद हुनेछ
उ . . . सुनेउ शंखघोष देश मृत्युको ?
(स्रोत : संगम साहित्य चौतारी)