छोएर रक्त मस्त धमिनी
चुमेर आखाँका नानी भौहरु
मखमलि ,सयपत्रि यादहरु फुलाउछन्
त्यहि भएर सायद तिम्रा तस्विरे आँखाहरुमा
छल्किरहेका अञ्जुलीमा
प्यारका निशानी देख्न थालेको छु
छोएर के हुन्छ ?
डामेर के हुन्छ ?
आखिर मायात मनवाट हुन्छ
आँखावाट हुन्छ
त्यहि भएर सायद
दुरता छिचोल्दै तस्विरे आँखा सामु पुग्न थालेको छु
अलिकती मनको कुरा छ
अलिकती आँखाको कुरा छ
त्यहि भएर निदाइरहेको मध्यरातमा
जुन चिहाउन मन लाग्छ
हो जुन चिहाउन मन लाग्छ
अलिकती आखा सँग लोभिए
अलिकती ओठ सँग लोभिए
अलि वढि मन सँग लोभिए
त्यो भन्दा धेरै भावना सँग गासिए
त्यहि भएर दुरभएपनि
परेवावाटो पहिल्याउदै
सम्झनाका वाडुलीकहरु पठाइ रहेछु
प्यारका रस्मिहरु पु¥याइ रहेछु
ओ कविता,
ओ क्षितीज पारीको मान्छे
कति मगमगाउछ है ,प्रेमको फरकपना
त्यहि भएर फेसवुकका भित्ताहरु मा
तिम्रै छाँया खोजी रहन्छु ।
दुर भएरै के भो
भावना प्रिय छ
भलाद्मी प्रेमको निशानी
आजभोली फक्रिन्छ मायालु संगित
रसिक मुस्कान
र चमेली सपनाका साझ ,विहानहरु
एउटा सम्वन्धले गासेको साईनो
एउटा साइनाले गासेको सम्वन्ध
दिलदार याद भरिएर
इन्टरनेटका पानाहरुमा कुदिरहेछन् रातभर रातभर
त्यहि भएर होला
दुरको को मान्छ समिप वन्छ
मुटुको चाल फरक पर्छ
त्यहिभएर आजभोली
प्रेमका निशानीहरु पछ्यायि रहेछु
पक्कै भेट्छु होला
अलिअलि सुभकामना दिनु है ।
(स्रोत : Rajbanskota.wordpress.com)