~सत्य नारायण रावत~
तिमि पनि क्रान्तिकारी म पनि क्रान्तिकारी
तिमि विचार को क्रान्तिकारी म मन को क्रान्तिकारी
तिमि तडक को क्रान्तिकारी म सदा को क्रान्तिकारी
तिमि सडक म उत्रिनु लाई क्रान्ति भन्छौ
म घर मै बस्नु पनि क्रान्ति भन्छु
तिमि जिन्दाबाद र मुर्दाबाद लै क्रान्ति भन्छौ
म मौन भै बस्नु पनि क्रान्ति भन्छु
तिमि रातो झन्डा बोक्नु लाई क्रान्तिकारी ठान्छौ
म हाते रुमाल बोक्दा पनि क्रान्तिकारी ठान्छु
तिमि तिम्रा दाता लाई नेता मान्छौ
म गाउ घर का पाका लाई नेता मान्छु
तिमि सडक म टायर बलि बिरोध गर्छौ
म आफ्नै मन मा फायर गरि बिरोध गर्छु
तिमि मिठा सपना बाड्ने क्रान्तिकारी
म तितो कर्म गर्ने क्रान्तिकारी
तिमि power का लागि भिड्ने क्रान्तिकारी
म अन्याय का बिरुद्ध लड्ने क्रान्तिकारी
तिमि प्रभु को कृपा बाट क्रान्तिकारी
तिमि पनि क्रान्तिकारी म पनि क्रान्तिकारी
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्’ बाट पठाईएको । )