विना योग, सत्सङ्ग र ध्यानले,
जीवन भयो बिरानो ।
सब रङ्ग गयो अब भङ्ग भयो,
जीवन भयो पुरानो ।।
शाश्वत सत्य मृत्युवरणको,
भुलेर जीवन बितायो ।
योग र ध्यान बिसेर्र जनले,
आफू आफैमा बिलायो ।।
विना अर्थले सब व्यर्थ भयो,
आफ्नै कथा व्यथा भयो ।
सब सोख गयो अब भोक भयो,
रोगी जीवन बितायो ।।
पावन तटमा ध्यान गरेर,
जसले योग चलायो ।
जनमानसमा रोगमुक्तिको,
योग सन्देश फैलायो ।।
जीवन जसले योगध्यानमा,
विधिवत् रीत चलायो ।।
मृत्युपर्यन्त निरोगी भई,
शिवको दर्शन पायो ।।
(स्रोत : रचनाकारको ‘भक्तीका भावहरु’ भजन संग्रहबाट )