नसोध मलाई कस्तो छौ भनि भन्नु नै बेकार छ,
तिरष्कृत जीवन बाँचेको भन्दा मर्नु नै स्वीकार छ ||
खुसीको रंगिन सपना भित्र बाँचेको संसारमा,
आँसुको तिक्त रोदन भित्र पीडाको झंकार छ ||
अरुको भरमा चालेर पाईला कति दिन हिंड्नु र,
परजीवी बनी आश्रित जीवन बाँच्नु नै धिक्कार छ ||
स्वार्थको खेती गरेर बाँच्ने मानव जमातमा,
रुपको सुन्दर आवरण भित्र मन भने छल्कार छ ||
जीवनको अन्तिम गन्तब्य सम्म सहयात्री हुनलाई,
दिलको सच्चा ईमान्दार साथी किरणलाई दरकार छ ||
(स्रोत : Shabdahar )