~रमेश पौडेल~
तिम्लाई केही हुनै हुन्न, मलाई हुन्छ के के
आफ्नो पीडा लुकाएर, मलाई टाढा देखे
तिम्लाई उता दुख्दा खेरी, मुच्र्छा पर्छु यता
मेरो भन्नु तिमी मात्रै, सबै जायजेथा
तिम्रा पाउ मेरा नै हुन, अन्त कतै टेके
तिम्रै दुखाई बढी दुख्छ, मलाई टाढा देखे
आफ्ना पीडा लुकाएर, हाँसी मात्र रन्छ्यौ
मेरो खुशी त्यै ओठमा, टाँसी मात्र रन्छ्यौ
लेख्नु पर्ने कुरा सबै , मुटु बाटै लेखे
कस्लाई भन्छ्यौ आफ्नो मान्छे, मलाई टाढा देखे!
……..0………
(स्रोत : Shabdahar )