आधा मुटु त्यतै तिर सरे सरे जस्तो लाग्यो
उनिलेनि मलाई माया गरे गरे जस्तो लाग्यो
अनायासै आ“खा जुध्यो, मुटु भित्र झस्का पर्यो
उत्पातमा बग्न थाले अरे अरे जस्तो लाग्यो
त्यहि रुप देखु लाग्ने आ“खाभरी रहर छिरी
दर्शनको आश बोकी चरे चरे जस्तो लाग्यो
शङ्केतलाई आफ्नो ठान्ने बानि सग मिल्दो जुल्दो
उनीलेनी पे्रम सौगात छरे छरे जस्तो लाग्यो
त्यहि मुहर रातभरी छात्रिमाथि टासेपछि
कालो एक्लो रात पनि टरे टरे जस्तो लाग्यो
शब्द थिए लेखिएको बग्थे त्यस्तै आवरणमा
संयोजका धुनहरु भरे भरे जस्तो लाग्यो
(स्रोत : Rajbanskota.wordpress.com)