गर्न जाने फूल्छ फूल यहि धर्तीमा
प्रयास गरी फूटाऊ मूल यहि धर्तीमा
वल्लो पल्लो गाउँ जोड्ने लक्ष भएमा
समानताको हाल पूल यहि धर्तीमा ।।
.
कोही भन्छन् कलम ज्ञानको हतियार हो
म त भन्छु कलम मानको हतियार हो
हाम्ले टेक्ने धरती उस्तै छ साथी हेर त
त्यसैले त कलम शानको हतियार हो ।।
.
सुगन्ध लिदै हिड्ने भमरा हैन म
आशिस बोक्ने पूर्ण जमरा हैन म
छरी सुवास् प्रयासले सारा यो बिश्वमा
अत्याचारको कदर गर्ने कमरा हैन म ।।
(स्रोत : साहित्य संग्रहालयबाट )